||शब्दचित्र||


||शब्दचित्र||
देउरालीमा,
दुई थुङगा वनफुल चढाई
लेखेथेँ सेतो हिउँलाई कागज बनाइ
लठ्ठीको टुप्पाको कलम समाई
पत्र तिमीलाई,
थाहा थियो,
तिमिले कहिल्यै पढ्न पाउनेछैनौ
बिलाइजानेछन क्षणभरमै अक्षर मेरा
तर हिउँको अर्को तहले,
बचाइ पो राख्ला कि अस्तित्व मेरा अक्षरका
जसै मेरो डायरीका पानाहरुमा
मैले थुप्राएका अक्षरहरु,
अर्को पानाले सुरक्षित छोपेको छ
जस्लाइ,
तिम्रो नाममा सम्बोधीत भएपनि
म आफै पनि सायद कहिल्यै पल्टाउने छैन
तैपनि लेखिरहे,मेटिदै गयो,पोखिदै गयो म रित्तिदै गएँ
तेतिन्जेलसम्म मैले बुझिसकेको थिए,
म सबैभन्दा इमानदार भएर तब लेख्न सक्छु
जब मलाई था हुन्छ त्यो कसैले पढ्ने छैन
तेतिबेला जरुरी पर्दैन मलाइ कुनै पर्दाको
न त लोभ हुन्छ तिम्रो प्रशंशा वा अरुको तालीको
ओइ, कैले तिमी
ऐनामा आफुलाइ हेर्दै
केही कुरा सम्झिदै आफै माथी खित्खिताएको छौ
अह म मान्दिन त्यो अरुलाइ देखाउन
सेल्फी क्यामेरा अघिको मुस्कान
साँचो खुशीको हो भनी
तिम्लाइ थाहा छ?
म हिउँको ऐनामा आफैलाई हेर्दै
शव्दचित्र कोर्दै
निकै बेर मुस्काएको थिए
र सम्झेको थिए तिम्रो सुदुर सम्झनामा ताजा रहेका वाक्यहरु
जीवन नाटक हो र हामी अभिनयकर्मी
विभिन्न भुमिका निभाउन निस्केका नाट्यकर्मी
अनि, आफैलाइ सम्झाएको थिँए
नाटक सकिएको छैन
सबै भूमिका सशक्त निभाउन सक्ने
सिद्दहस्त अभिनयकर्मी म कहाँ हु र!
र एकपटक बायाँ मस्तिष्कले दायाँ मस्तिष्कलाई सोध्यो?
ए! एक भुमीकाको अभ्यासले अर्को भूमिकाको लागी सशक्तको बनाउदै लैजाँदै छैन र तँलाइ
अनि मुस्काउदै मनमनै धन्यवादको मनफुल चढाँए तिमीलाइ।
#KolkataDiaries
#APoetInMe

Post a Comment

0 Comments