मदन पुरस्कार मेडिकल छात्रवृत्ति र मेरो अनुभव


राणाकालिन रानी जगदम्बाले कलेज स्थापनामा आर्थिक सहयोग गरे वापत पश्चिम बङ्गाल सरकारले जगदम्बा रानीको नाममा २ वटा मेडिकल अध्यनका लागी आर.जि.कर. मेडिकल कलेज र कलकत्ता मेडिकल कलेजमा सिट छुट्टयाएको छ,जस्को लागी मदन पुरस्कार गुठी ले बर्सेनि २ जना बिद्यार्थी लिखित परिक्षा र अन्तरवार्ताको माध्यमबाट छनोट गरी पठाउनले गर्थ्यो।यो परम्परा ६० बर्ष देखी चल्दै आएको थियो,र यस योजना अन्तर्गत १२० जना नेपाली बिद्यार्थीहरु डाक्टरहरु उत्पादन भएसकेका र केहि हुने क्रममा छन।
सन् २०१६ को यस छात्रवृत्ति परिक्षा र अन्तरबार्तापछि छानिएका २ बिद्यार्थी मध्ये एक म थिए। वास्तवमा यस परिक्षा नाम निस्केला भनेर भन्दापनी दिहालौँन,अनुभव त होला भन्ने सोचले दिएको थिए,सबै इन्ट्रान्स पढ्ने बिद्यार्थीझै मेरो दिमागमा पनि IOM,BP नै झुन्डिएका थिए,बाटोमा गुठी परेकाले पस्दीहालम न भन्ने मात्र थियो,लिखित परिक्षा ठिकै भएको थियो,तेस्पछी ३ चरणको अन्तरवार्ता पार गरि छनोट भइयो र अरु कुनै छात्रवृत्ति लिने छैन भन्ने कबुलनामा मा पनि मेरो बुवा र मैले हस्ताक्षर गर्यौ।
यसै छात्रवृत्ति अन्तर्गत अध्ययन गरिरहनु भएका सिनियरहरु सँग कुरागर्दा कलेजहरु एसियाकै पहिला स्थापना भएका र नेपालका कलेजहरु सङ्ग तुलनानै गर्न नमिल्ने बताउनु भयो।ठुलै काम गरिएछ कि भन्ने लाग्न थाल्यो,मान्छे न हुँ अलि अलि घमण्ड नपलाउने कुरा भएन।अर्को हप्तामानै एकपटक कलेजमा पुगेर आउनुपर्ने गुठिले बताएकाले हामि दुवै जना आ आफ्नै तरिकाले कलेजमा गयौ,त्यहाँ हामीलाइ यो बताइयो कि सर्वोच्च अदालतबाट मेडिकल पढ्नका लागी त्यहाँको NEET परिक्षा उतिर्ण गर्नुपर्ने आदेश जारी भएको छ तर यस वर्षलाई NEET को फर्मको मिति गैसकेको र विदेशी विद्यार्थीहरुलाइलाई NEET दिन मिल्ने प्रावधान नभएकोले र भर्ना पनि नखुलिसकेकाले भर्ना खुल्ने बेला आउनु भन्नुभयो। पहिलो त NEET परिक्षा भारतीयहरुले मात्र दिन पाउने प्रावधान भएकोले अनि हामी नेपालको परिक्षा दिएर आएको मार्कशीट नै भएकाले समस्या पर्दैन भन्नुभयो सबैले,भर्ना खुलेपछि आउने भनी हामी फर्कियौ।
फर्किसकेपछी अलि अलि शंका भएकाले फेरि पढ्न त थालियो,तर पहिला जस्तो ध्यान केन्द्रीत गर्न गाह्रो भैरहेको थियो।उता भैहाल्छ नि भन्ने भयो,गुठिले पनि आफुले चिठी लेख्ने,आफ्नो हिसाबले काम गर्ने बताएको थियो।तर आफ्नो काम त छोड्नु हुन्न भनेर पढिरहेकै थिए,समय बित्दै गयो।करिब ३ महिनापछि, आउने शनिवार IOM को परिक्षा थियो,नेपालमा डाक्टरी पढ्न चाहने सबैको फस्ट लभ IOM नै हुन्छ,मेरो पनि थियो। आइतबार बिहान उता आ.र.जी. कर मेडिकल कलेजमा भर्ना खुलिसक्यो,छिट्टै आउने,अर्को हप्तादेखी नै कक्षा सुरु हुने खबर आयो,म आत्तिए उता जानको लागी तयारी केहि पनि गरेको थिइन,फेरि IOM को परिक्षा आउने शनिबार थियो,खबर निश्चय गर्न सिनियर दाइ लाइ फोनगर्दा दाइले आफुले प्रीन्सिपललाइ भेटेको र उन्ले बोलाइसकेको बताए पछि म लगभग ढुक्क भए। कतिले अब परिक्षाको अर्थ नभएको भन्दै परिक्षा छाडेर भएपनी उता समयमै जान सल्लाह दिनुभयो तर अन्तिमचोटीको परिक्षा त दिन्छु भन्ने भयो।तेसपछीको समयमा सायद अरुले अन्तिम रिभिजन तयारी गर्न लागे होलान,म चाँही झोला तयार पार्ने,टिकट मिलाउने,सामान किनमेल गर्ने गरि बित्यो।भोली पल्ट IOM को परिक्षा थियो आज म गुठीको कार्यलयमा थिए,फेरि कस्तो हुँदो रहेछ भने उताको सिट छोड्न नमिल्ने कागज गरिसकेकाले यताको परिक्षा खासै महत्त्व के भयो र,पढ्न नै नपाइने भैसकेपछी भन्ने भयो। परिक्षा दिनको लागी मात्र दिइयो,भोलिपल्टै दिउँसोको फ्लाइट थियो उताको।भनिरहनु नपर्ला परिक्षा कस्तो भयो होला भनी, इन्ट्रान्समा अघि जति पढेको भएपनि अन्तिममा रिभिजन गर्न नभ्याएपछि के हाल हुन्छ,फेरि मन,चासो,हतारो सबै उतैको थियो।
आइतबार उता पुगियो,सोमबार इदको सार्वजनिक बिदा परेकाले मंगलबार भर्नाको लागी जाँदा दिल्लीबाट चिठी आइनसकेको,आएपछी भर्ना हुने कक्षा लिदै गर्दा हुन्छ भन्नु भयो।अलिकती मनमा चिसो पस्यो।भोलिपल्ट देखि कक्षा पनि लिन थालियो,पढाई सुरु भैसक्यो,हाजिरी गर्न थालिसकियो,सपै सामान किनिसक्यो मुख्य कुरा भर्ना नै भएको छैन,परेन फसाद! तेस्पछी डेङगु ले थला पर्ने दिन नि आयो।सिनियर दाइ दिदिहरुले ठुलो सहयोग गर्नु भयो,म इन्डियन भन्न बित्तिकै सामान बेच्ने भैयाहरुको इमेज बनाएको मान्छे,त्यहाँ साथीहरु र सिनियरहरुलेले म प्रती देखाएको सदभाव,माया,सम्मान र आदरभावले म नतमस्तक भएँ।यता नेपालमा KU को परिक्षा नजिकै आउँदै थियो,फारम त भर्न लागाइयो,तर डेङगुले उठ्न नदिएपछि परिक्षा दिन फर्किन सम्भव भएन। ती मेरा जीवनका आजसम्मका सबैभन्दा कठिन दिनहरु थिए,डेङगुको शरीर दुखाइ त छदैथियो,त्यो भन्दा मनको दुखाइ सारो दुख्ने रैछ,सबै सहनुको विकल्प थिएन।
फेरि प्रीन्सिपललाई भेट्दा उहाँले आफ्नो लाचारता प्रकट गर्नुभयो,सरकारी कलेज भएकालेे माथिको लिखत निर्देशन न आएसम्म आफुले केहि गर्न नसक्ने बताउनु भयो,तैपनी हाम्रो सिट खालीनै रहेको माथी बाट चिठी आए ढिलासम्म नि भर्ना गर्न सक्ने,न आएपनी सिट खाली नै रहने बताउनु भयो।यता गुठिले पनि प्रयास गर्दै थियो,तर सबैले सकेसम्म प्रयास गर्दापनि भर्नाको अन्तिम समयसम्म कलेजलाइ भारत सरकार बाट लिखित निर्देशन नआइपुगेपछी हाम्रो भर्ना रोकियो।।मन भारी भयो,पृथ्वीको भार आफुमाथि परेको जस्तो भयो,इँटाले टाउकामै हिर्काएको अनुभुति भयो तर जस्तो भएनी सहनुपर्ने नै रहेछ,घर न घाट को भएको जस्तो भयो,उतै बाट काशी जाउ कि पनि नलागेको होइन,जोगी बन्न!करिब एक महिनाको एम.बि.बि.एस. पढाइ कलकत्ता बसाइ छोडेर अमिलो मन अनि धमिलो आँखा बनाइ नेपाल फर्किनु पर्ने भयो,विकल्प थिएन।
सम्पुर्ण गल्ती गुठीको थिएन,न त कलेजको नै।गल्ती प्रक्रिया अनि भारत सरकारको थियो,एकातिर  NEET परिक्षाफर्म भर्नकै लागी भारतीय नागरिक हुनुपर्ने प्रावधान राख्ने अर्कोतिर नेपालीलाइ NEET पास नभै भर्ना गर्दैनौं भन्ने!कस्तो दोहोरो चरीत्र। कस्तो भयो भने यताबाट  गुठिले बिद्यार्थी पठाएसकेको उता कलेजले सिट छुट्टाइसकेको तर बिचको झमेलागत प्रक्रियाले दुईलाइ गाँस्न सकेन।
सबैभन्दा दुखको कुरो त जम्मा ३सिट(अर्को १सिट शुरशम्शेर गुठिको)नेपालका लागी छुट्टयाइएका यो वर्षलाई रित्तै भए।न नेपाली न भारतीले नै ती सिटमा पढ्न पाए,यस्ले कसैलाइ फाइदा गरेन,साँढेको जुँधाइ बाछाको मिचाइ झै भयो।
यो नेपाललाइ नै घाटाको कुरा हो,यस विषयमा नेपाल सरकारले कुटनैतिक पहल गर्न नसक्नु,नेपालीको लागी भनी  १जनालाई छात्रवृत्तिको मुख देखाएर ७ जना आसेपासे र पहुँचवालाका छोराछोरी लाइ एम.बि.बि.एस. पढ्न भारत पठाउने भारतीय राजदुतावास काठमाडौले उचित सार्थक पहल नगरिदिएको सम्झदा झन दुख लाग्छ।
मदन पुरस्कार गुठी मात्रैले के गर्न सकोस कसैले उचित  र सार्थक पहल नगरिदिएपछी,तेति भैसक्दा पनि आदरणीय गुठीका अध्यक्ष कमलमनि दीक्षितसरले हामी अझै अर्को वर्षको लागी पहल गर्छौ,सिट बच्यो भने तिमिहरुलाइ नै पठाउछौ,अर्को परिक्षा लिदैनौ भन्नु भएकै छ।सबैले आ आफ्नो ठाउँबाट सक्दो पर्यास गर्नु भएकै हो,दोष कसैलाइ थुपार्न चाहन्न,सबैका आ आफ्नै सिमानाहरु र बन्धनहरु थिए होलान।
मदन पुरस्कार जस्तो नेपालको प्रतिष्ठित संस्था सङ्ग जोडिन पाउनु गौरव र खुशीकै कुरा हो,गुठिको सिट रहे पनि नरहे पनि गुठिले गासिदिएको साइनो सम्बन्धहरु रहिरहनेछन,सप्पै सिनियरहरु विशेषगरी सन्तोषदाइ प्रति अनुगृहित छु।आयुश्री र सुनिता आण्टीले देखाउनु भएको सदाशयता र सहयोगप्रति आभारी छु,सप्पैलाइ धन्यबाद दिन चाहन्छु मेरो कुभलो चिताउनेहरुलाइ पनि अप्रत्यक्ष रुप मै भएपनी आफ्नो समय र शक्ती मेरो लागी खर्च गरिदिएर अघि बढ्ने उर्जा थपिदिएकोमा।पैँसा कमाउनको लागी डाक्टर बन्ने उदेश्य नराखेकाले आधा करोडको झोला बोकेर मेडिकल कलेज छिर्न अन्तरात्मा  र म पनि कोहि भन्दा कम छैन भन्ने स्वाभिमानले दिएन,पिताजी को पसिनाको कमाई सङ्ग मेडिकलको डिग्री साट्न आत्मा र विवेकले मानेन,लगानी गरेपछी प्रतिफल खोजिन्छ नै!
कालो मडारिएको बादलभित्रपनि चाँदिको घेरा हुन्छ भनिएझै यस असफलताबाट धेरैथोक सिक्ने,आफ्ना कमीकमजोरीहरु चिन्ने र सुधार्ने  मौका मिलेको छ,पैलाको भन्दा मानसिक र भावनात्मक रुपमा बलियो मान्छे भएको छु।को साँच्चै आफ्ना रहेछन,अनि को चाही नजिकको बन्ने खोल ओडेका रहेछन,चिन्न पाइयो।एक महिनाको एम.बि.बि.एस. पढाइले मेरो रुची को विषय मेडिसिन नै रहेछ भन्ने बिश्वास र जानकारी आफुलाइ भएको छ,मिठा तिता सम्झनाहरु,अनुभवहरु बटुलिएका छन,आखिर जिन्दगी अनुभव र सम्झनाहरुको माला न हो।भनिन्छ नि प्रत्येक ठक्कर र चोट हरु जस्ले टुक्रयाउन सक्दैनन्  तिनिहरुले बलियो बनाउँछन,अनि साना तिना चोट ठक्कर नलागी नखाई को मान्छे ठुलो महान भएका छन र?अब फेरि नयाँ जोश जाँगर र थपिएको उर्जाको साथ पुरानै लक्ष्यलाइ पछ्याइने छ,बाटो परिवर्तन होला गन्तब्य परिवर्तन भएको छैन।
गुठिको अन्तरवार्ताको एक प्रश्नको उत्तर अहिले पनि मेरो लागी तेहि छ..मेडिसिन मेरो पहिलो र अन्तिम च्वाइस हो,अरु कुनै अप्सन,फर्किने बाटो राखेको छैन,एउटा मार्गले पुर्याउने छाँट देखाएन भने मार्ग परिवर्तन गर्न तयार छु,समयको हिसाब किताब राख्न छोडेको धेरै भएसक्यो तर लक्ष्य, गन्तब्य,सपना परिवर्तनहुने वाला छैन।

Post a Comment

4 Comments

  1. जीवन हो, घाम छाया।
    सुख दुख, दुवै हुन्छ।

    दाजीलाइ सलाम।

    ReplyDelete
  2. aankha maa aansu liyao dai tapi ko experience le
    .
    anyway Best of luck dai ...move ahead
    .
    aafno ta dai nam kate pani niskela jasto xena......te pani ajha pani man maa kata kata ali ali aasaa ajha pani xa

    ReplyDelete
Emoji
(y)
:)
:(
hihi
:-)
:D
=D
:-d
;(
;-(
@-)
:P
:o
:>)
(o)
:p
(p)
:-s
(m)
8-)
:-t
:-b
b-(
:-#
=p~
x-)
(k)