लागी राख..मेरो साथी तिमी लागी राख..।

शान्त नदिको बहाब लाइ तिमी जान
आफ्नो धैर्यतालाइ कमजोरी नठान
एक प्रहारमा पत्थर हिरा कहाँ हुन्छ र
एकै प्रयासमा कस्ले पो जून छुन्छ र
हिड्ने मान्छे त लड्छ,चढ्ने मान्छे त खस्छ
खान नहुने हरेश हो सहन सक्नु साहस हो
साँच्चै संसार हार नमान्ने ले नै जित्छ
जस्ले भाग्यलाइ कर्मले आफुतिर खिच्छ
त्यसैले मेरो साथी,तिमि लागी राख
नसुन कुरा अरुको रमिते बस्ने हरुको
जान्दैनन् तिम्रो भावना सपना गन्तव्य तिनि
तिमी हिड हृदयको आवाज लाई गुरु मानी
नमिसिउ तिमि,
बोल्ने हिड्ने जिउँदा लास हरु सङ्ग
जस्का आत्मा जिवित छैनन
सपना बेचिसकेका छन जस्ले
हर भिडमा अलग हुने साहस तिमी राख
पछ्याउँ सपनालाई पग्लाउ हृदयलाई
लम्किराख तिमी आफ्नै यात्रामा
नअल्झिउ मृतात्माहरुको जात्रामा
मलाइ बिश्वास छ एकदिन,तिम्ले शिखर छुनेछौ
हजारौं यात्रीहरुको प्रेरणाको स्रोत तिमी हुनेछौ
विश्वास भरोसा आफ्नो सपना र क्षमतामा राख
त्यसैले निरन्तर लागीराख मेरो साथी लागिराख!

Post a Comment

0 Comments