यो साँझ
लिएर के आयो यो बतास
पुरानो तर परिचित लाग्दै छ सुगन्ध यो
जूनतारा उही तैपनि भिन्न लाग्दैछ यो साँझ
अनायासै यादहरूका झरी खोइ किन बर्सिन खोज्दैछ
सायद,
तिमी पनि म जस्तै
कतै कुनै सुदुर सहरमा,
टोलाई पो बसेकी छौ की
यिनै जूनताराहरुको छाना मुनि
यिनै जूनताराहरुलाई
साक्षी राख्दै कुनै समय यस्तै साँझमा
मेरा र तिम्रा बाट हाम्रा भएका
सपनाहरुका भग्नावशेषहरु नियाल्दै।




Post a Comment

0 Comments