पहिलेको आफू सम्झेर

पहिलेको आफू सम्झेर,अहिलेको आफू
आफै माथी हास्न सक्दैन भने
सम्झेर अपरिपक्क क्रियाकलाप
बच्चा सम्बन्धहरु,कच्चा निर्णयहरु
के फरक एँ,
त्यो जड र तिमी मानिसमा!
जो कहिले दिल खोली हास्न सक्दैन
न त सक्छ मुटु चुडिने साइनो हरु गास्न।
नुनिलो पानीको बर्साद पछि खुलेको आकाशमा,
कल्पनाको जहाजमा,आशाको प्वाँख लगाइ
उड्नु,झर्नु र फेरी जुर्मुराउनुको मज्जा के था?
निर्जीव जडलाइ र आत्मा मारीसकेका फगत सास फेर्ने मनुवाहरुलाइ।

Post a Comment

0 Comments