||के तिमी मेरो लागी ऐना बनिदिन सक्छौ?||
जीन्दगी भरीको लागी साथ
र जीवनका खडेरीहरुमा राहत
अरे, वाउ,क्या बात!
You are all mine,I am all yours
Times may change,But I will be there for you
ज्यादा भयो कि, Emotional diarrhoea नै होला जस्तो पो भयो त!
यी त सुन्दै आएका कुरा,अनी कैले बहकिएर भन्न्ने पनि गरेका कुरा,
सार एउटै शास्त्रहरु फरक जस्तो
dialogue एउटै पात्रहरु फरक जस्तो
मलाई कहिले काहीं आफ्नै मनको कुरा त पत्याउन गार्हो पर्छ साथी
आफ्नै मगजका दायाँबायाँ भागले त एकअर्कालाइ सधै साथ नदेलान भन्ने डर छ साथी!
अब के पत्याइहाल्नु र तिम्रो कुरा,कि पत्याएजस्तो मात्र गर्दिनु!
अनि के तिमीलाई मेरो कुरा थाहा छ? भन्छु है
म भित्र एउटा बन्द कोठा छ,
अध्यारो छ,कारण मैले बत्ति निभाएको छु
जताततै टालेको छु,
एक रत्ती पनि प्रकाश छिर्न दिएको छैन
कारण,मलाई सम्पुर्ण उज्यालाहरु प्रती घृणा थियो,
जस्ले मेरा,म भित्रका अध्यारा कुराहरु देखाउछन
जस्लाइ म बन्द कोठाकै कैद गरेर राख्न चाह्न्थे
अरुले नदेखे त भैगो भन्ने आत्मरतीमा रमाउँथे
तर, अब म थाकेको छु,निसास्सीएको छु,
अब म तालजस्तो गुम्सिएर होइन,नदी जस्तो बनी बहेर जिउन चाह्न्छु
चन्चलता नै सहि मलाई बरु, तर सङ्ग्लो भएर जिउन चाहान्छु
तर, म हरेक पटक मेरो बन्द कोठाको
ढोकासम्म मात्र पुग्न सक्छु,
एताउता तल माथी हेर्छु
तर अहँ सक्दिन ढोका उघार्न
कारण,म डराएको छु
के थाहा मेरो Pandora Box बाट के पो निक्लने हो?
मैले कुनै समय थुनेर फर्किएका
मैले भुर्ण अवस्थामै हत्या गरेका सपनाहरु
मैले केही अरु संग ,धेरै आफैसंग
गरेर पूरा गर्न नसकेका बाचाहरु
कहिले कसैलाई नभन्ने भनी गहिरोगरी पुरेका कथाहरु
के थाहा जिउदै पो छन कि?
अँझ छोराछोरी पो जन्माइसकेका पो छन कि?
अहँ सकिन मैले,
मलाइ भय छ,मेरो बन्दा कोठाबाट निस्कन सक्ने मेरा आफ्नै अवयहरु सित
ए! साथी,के तिमी मेरो साथ गइदिन सक्छौ?
के तिमी मलाई भनीदिन सक्छौ?,म छु नि नडराउ
के तिमी मलाई भरोसा दिलाउन सक्छौ कि
तिमी मलाइ मेरै अँध्यारो कोठामा थुनेर भाग्ने छैनौ,
अनि मलाई त ऐना मन पर्छ,
ऐनाले मेरो दागहरु, घाउहरु देखाउछ
र म मल्हम लगाउन सक्छु
म ऐना अघि आफुलाइ निर्धक्क खोल्न सक्छु
किनकी ऐनाले Judge गर्दैन मलाइ,
जबकि धेरै धेरैले ,
मेरा दागहरु कोट्याएर घाउ बनाएर
पुराना घाउहरुलाइ खिल बनाएर
मेरो भरोसालाई,मेरो कमजोरी ठहर्याएर
नयाँ घाउहरु थपेर हिडेका छन।
ए साथी!
के तिमी मेरो लागी ऐना बनिदिन सक्छौ?
#RandomThoughts
#KolkataDiaries

Post a Comment

0 Comments