आउ म तिम्लाइ देखाउछु
म भित्रैको छोपिएको भाग
नदेखाइको वा
देखाउन लायक नभएको भाग
जहाँ तिम्ले भेट्नेछौ
केही अमिला धमिला स्मृतिहरु
केही पाना अधुरा कथाहरु
थुप्रै छोपिएका ब्यथाहरु
केही बेवारिसे भावनाहरु
फिर्ता आएका केही कामनाहरु
र कैयौ सयौं ठक्कर,धोका
असफलताका खाटाहरु
सायद तेस्पछी था पाउनेछौ
देखाइएका भन्दा लुकाइएका
लेखिएका भन्दा नलेखिएका
बताइएका भन्दा नबताइएका
व्यथा,कथा र कुरा सधै ज्यादा थिए र छन।
#KolkataDiaries

Comments

Popular posts from this blog

यात्रा पछि फर्केर हेर्दा

||आत्मलाप||

||शब्दचित्र||