मैले त यात्रा



मैले त यात्रा बिचबाटै सुरु गरेको थिए
त्यहीं बाट जहाँ वर्षौं अघि एक्लै म
तिमीलाई थाहै नदिई पुगेको थिए
र तिम्रो नाममा केही थान
राता गुलाफ हरु फूलाएको थिएँ
तेती खेर को परिस्थिती र समयको बन्धनहरुले
म त्यो यात्रा त्यही छोडी आफ्नो बाटो लागेको थिएँ
अाज समयले घुमाउँदै फर्काउँदै त्यही मोडमा
पुर्यायो जहाँ कल्पनामा म तिमीसँग पुगेको थिएँ
मलाई लाग्यो समय सही यही हो,
आखिर फेरि भेट्नु नै रैछ त पहिले बाटो छुटेको रहेछ
मैले भने आऊ समाउ हात
सजाउँ हृदय मा तिम्रो वर्षौं देखी मैले तिम्रो नाममा मलजल
गरी फुलाएका गुलाफहरु
आऊ केही माइल सँगै हिडौँ
आखिर पुग्नु त टाढा छ दै छ
एक हात तिमी देऊ,दुई हात म दिनेछु
एक कदम तिमी नजिक आउ
दुई कदम म बढाउनेछु
तिमी एकछिन अल्मालियौ
अचानक त्यो सप सुनेर
अत्तालियौ पो कि
सायद मेसो पाएनौं के गर्ने के भन्ने
र केही पल मौन रहेर नै मुस्कुरायौ
म चाई खुशी ले अत्तालिए
मेरा सपना सय बाट हजार भए
तिमी नबोल्दा नै, म सँगै तिमी भएको कल्पना गर्ने म
तिमी मुस्काउँदै बोल्न थालेपछि,
तिमी आफ्नै भएको ठान्न थालेँ
भावनाहरू मेरा
बर्खा यामका दुबो झै फैलिंदै गए
तर
सायद तिमीलाई लाग्यो कि समय सही छैन
सायद तिमीलाई लाग्यो की अहिले भावना होइन
करियर फलाउने समय हो
सायद तिमीलाई लाग्यो यात्रा एक्लै ठीक छ
र तिमीले एक्लै अघि बढ्ने निर्णय गर्यौ
तिम्रो चाहाना र निर्णय स्वीकार्नु र सम्मान गर्नु
मेरो मुटुमाथि ढुङ्गा वाला भयो,
अनि म आफ्नै हातले आफ्नो पुर्पुरो समाउँदै
आफ्ना हजार सपना र भावनाहरू भुर्ण अवस्थामै
हत्या गरी,एक्लै पछुताउँदै, रन्थानिदै
तिमी सँग केही दिनमै बनेका याद हरुको गरुङ्गो झोला बोकी
म आफ्नो बाटो खोज्दैछु।


Post a Comment

0 Comments