सम्झनलायक कुराहरू

सम्झनलायक कुराहरू धेरै छन,
बिर्सनै मन लाग्ने कुराहरु पनि त छन
बिराएका बाटामा छुटेका पैतलाका डोबहरु
आफुले आफैंसंग पूरा गर्न नसकिएका बाचाहरु
गल्लीमासुरु भै मूलबाटो नपुग्दै सकिएका सम्बन्धहरु
आफ्नो तौल आफै धान्न नसकी,कल्पनामै टुटेका सपनाहरु
तर बाचा कस्ले कहिले गरेको थियो र ए!तिम्लाइ,
कि बसन्त बर्षको पाँच पल्टै आउनेछ,
र बाटोमा कहिल्यै काँडाहरु बिझ्ने छैनन!
बिगत,एक प्रकाशित भएसकेको पुस्तक जस्तो हो
पाना पल्टाउन मिल्छ तर कथा मोड्न मिल्दैन
इकाइ जोड्न मिल्छ तर घटाउन मिल्दैन
परम सत्य यो पनि त हो
लुट्दै छ समयले सब्थोक सुस्त सुस्त
जे जो अहिले छ त्यो जहिल्यै हुनेछैन
र हामी शुन्यको वरिपरि भाग्दा भाग्दै
एकदिन शुन्यमै बिलाउने छौ,
जसरी एउटा रामबहादुर Nenderthal लाखौं बर्ष पहिले
इतिहासका पानामा फगत धमिला पाइला छोडेर बिलाएको थियो।
#KolkataDiaries

Post a Comment

0 Comments